छोरीलाई शिक्षा

छोरीलाई शिक्षाको लागि हेल्प लक्ष्मी अभियानमा हेटौंडा, सुकुम्वासी टोलकी लक्ष्मी ल्हो तामाङलाई आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरुमा हामी आभार तथा कृतज्ञता ज्ञापन गर्न चाहान्छौं । तपाईको अतुलनीय सहयोगको उच्च कदर एवं सम्मान गरिएको छ । सहयोग निरन्तर रहिरहोस् भनि हामी विन्रम अनुरोध गर्दछौं ।

नोट: सहयोग प्राप्त भएसँगै सम्पूर्ण सहयोगीहरुका परिचय-विवरण र उहाँहरुको तस्विर क्रमशः राखिएको हो । सबै तस्विरहरु सहयोगी व्यक्तित्वहरुका फेशबुकबाट लिईएको हो र लोकल खबर अनलाईनले सामान्य फोटो–एडिट (सम्पादन) गरेको हो । अन्य सहयोगीहरुका परिचय–विवरण र तस्विर पनि क्रमशः राखिने छ । 
अभियन्ता,
छोरीलाई शिक्षा ।

संकलित रकम र खर्च विवरण

  • संक्षिप्त जानकारी
  • संकलित रकम (आय)
  • खर्च विवरण

हेटौंडा, सुकुमवासी टोलकी लक्ष्मी ल्हो तामाङ एउटा रेष्टुरेन्ट अगाडि भाडा माज्दै थिईन् । साह्रै चित्त दुख्यो । फोटो खिचे । त्यसपछि, साहुनीलाई सोधे । घरमा नास्ता खादा खर्च बढ्छ, त्यहाँ भाडा माझेपछि सित्तैमा नास्ता खान पाईन्छ भनेर आमाको पैसा बचाईदिएकी रे । म केही बोल्न सकिन ।

म कफि पिउनमा अल्झिए, नानी एकक्षिण हराएकी थिईन् । अर्कै लुगा लगाएर फेरि आएछिन् । फोटो खिच्न नयाँ लुगा लगाएर आएकी रे । यति भनेपछि फोटो खिच्नै प¥र्यो (रातो लुगामा) । त्यसपछि के खाने ? भनेर सोधेको चिसो कोक रे । अरु नि खाऊ भनेको, मुस्कुराउदै भन्न थालिन्, “नाई ! अंकलको पैसा धेरै खर्च नगर्ने ।” 

छोरी लक्ष्मी र मबिच भएको घट्नालाई दर्शाएर फेशबुकमा लेखेको थिए । धेरैका मन छोएछ । धेरैले सहयोग गर्ने भने, कसैले चै पत्याएनन् पनि । विश्वासको लागि हेटौंडा गएर भिडियो नै खिच्ने योजना बनाएर त्यहाँ हेटौंडमा छोरीको आमा बस्ने घरवाला रमेश ठकुरी दाजुलाई फोन गरे । भाडा तिर्न नसकेर सुकुमवासी टोलमा बस्न थालिसकेका रहेछन् । सरकारी विद्यालयमा आमाले ऋण खोजेर भर्ना त गराईदिईन्, विद्यालय गएको पहिलो दिन नै बाटोको भुसियाँ कुकुरले छोरीको मुखमा टोकी दिएर काठमाण्डौं टेकु अस्पताल लगेका रहेछन् । काठमाण्डौं जाने भाडा समेत ऋण खोजेर गएकी छोरी लक्ष्मीकी आमाले उपचार कसरी गराउली ? त्यहि सोचेर मैले फेशबुक मार्पmत उनीहरुलाई आर्थिक सहयोग गर्नका लागि हेल्प लक्ष्मी अभियान चलाए । हङकङबाट सहयोगको शुरुवात भयो । आज, उपचार खर्च कटाएर छोरीको शिक्षाको निम्ति पनि रकम जुटेको छ । हामी छोरी लक्ष्मीले जतिसम्म पढे पनि (अधिक्तम कक्षा १२ सम्म) सम्पूर्ण पढाई खर्च व्यहोरिदिने छौं । छोरी लक्ष्मीको शिक्षाको निम्ति हुने सम्पूर्ण खर्च हामी विभिन्न माध्यमद्धारा सहयोगी भावना भएका समाजसेवीहरुसँग आर्थिक सहयोगको अपिल गर्नेछौं ।

यस सम्बन्धी थप जानकारी चाहिए कृपर्या हामीलाई सम्पर्क गर्नुहोला ।

नवीन गुरूङ (गुरूङ सोल्टी), अभियन्ता
नेपाल, मो. ९८०७३७४३४१/९८५२०५४२५६

(१). बज्रकुमार थुलुङ राई हङकङ्ग नगद रू. ३,०००।– (तिन हजार रूपैयाँ ।) ।

(२). मगेन्द्र राई हङकङ्ग नगद रू. ५,०००।– (पाँच हजार रूपैयाँ ।) ।

(३ ). *श्रीमती चिमी लामा-नारायण राई (हेजन) हङकङ्ग नगद रू. १०,०००।– (दश हजार रुपैयाँ) ।

(४). सरीता गुरूङ इजरायल नगद रू. ५,०००।– (पाँच हजार रूपैयाँ ।) ।

(५). सुनिल श्रेष्ठ, इजरायल नगद रू. २५००।– (पच्चिस सय रूपैयाँ ।)।

(६). खोटाङ समाज,  हङकङ्ग, नगद रू. ५,०००।– (पाँच हजार रूपैयाँ ।)।

(७). टिका कोयी राई,  हङकङ्ग, नगद रू. ३,०००।– (तिन हजार रूपैयाँ ।) ।

(८). विनय शाह,  हङकङ्ग, नगद रू. ५,०००।– (पाँच हजार रूपैयाँ ।)।

(९). शिव राई, फेशबुकमा फ्रिज रुम्दाली (सुमन), हङकङ्ग, नगद रु. १०,००० ।– (दश हजार रुपैयाँ) ।

(१०). कृष्ण केःशी (टस्क माउण्टन बाईक, धरान) नगद रु. ५१०० ।– (पाँच हजार एक सय रुपैयाँ) ।

(११).  रेजिना गुरूङ । श्रीमती विमला (कला) गुरूङ-विट्रिस गुरूङ हङकङ्ग, नगद रु. १४०००।– (चौंध हजार रुपैयाँ) ।

(१२).  श्रीमती रिथ गुरूङ-हेम थगु गुरूङ, कोरिया  नगद रू. ५,०००।– (पाँच हजार रूपैयाँ) ।

*शुरुवातमा नगद पाँच हजार र पुनः पाँच हजार थप गर्नुभएको ।

हालसम्म खर्च गरिएको छैन ।

About Local Khabar

यो डिजिटल स्वरूपमा लोकल खबर साप्ताहिकको अनलाईन संस्करण हो ।

Leave a Reply